काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले संगठन सुधारका लागि आचारसंहिताको व्यवहारिक रुपमा पूर्णपालना गर्न सैनिक अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
बिहीबारबाट भद्रकालीमा सुरु भएको दोस्रो सैनिक आचारसंहिता सप्ताह, २०७७ लाई सम्बोधन गर्दै उनले संगठन सुधारका लागि प्रतिबद्ध रहन सबै सैनिक अधिकारीहरुलाई निर्देशन दिएका हुन् ।
‘संगठन सुधारका लागि कार्यरत सबै सकलदर्जामा सैनिक मूल्यमान्यता, अटल देशभक्ति, निस्वार्थ सेवाभाव, अनुशासन र सैनिक आचरण व्यवहारिक रुपमा उच्चस्तरको हुनुपर्छ ।’ भन्ने थापाको निर्देशन छ। ।
सप्ताहमा सैनिक आचारसंहिता, मिडिया नीति, सामाजिक सञ्जालको प्रयोग, मानवीय आचरण, भर्ना छनौट, आर्थिक कारोबार, लैंगिक आचरण लगायतका विषयमा कक्षा सञ्चालन, प्रस्तुतिकरण र छलफल हुने सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले जानकारी दिएका छन् ।
पौडेलले यस किसिमका कार्यक्रममा सैनिक आचरण, नैतिकता तथा मूल्य मान्यता थप मजबुत भइ विशिष्ट सैनिक चरित्र निर्माण हुने विश्वास राखिएको छ समेत बताएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्