काठमाडौ । सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत एसएसपी राजेन्द्र अधिकारीमाथि बलात्कारको आरोप लागेको छ ।
उनले भरतपुर बस्ने सर्वसाधरण महिलालाई आफ्नै कार्यलयमा लगेर बलात्कार गरेको महिलाले बताएकी छन् ।
एसएसपी अधिकारीले आफुलाई लठ्याउने औषधी प्रयोग गरी वलात्कार गरेको भन्दै पिडित महिलाले प्रहरी कन्ट्रोललाई फोन गरी उजुरी गरेकी छन् ।
यस सम्बन्धमा थप अनुसन्धान गर्न प्रहरी घटनास्थलमा पुगेको छ तर एसएसपी अधिकारी फरार रहेको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्