बैतडी । पुर्चौडी नगरपालिका-१० मा आफ्नै आमालाई जबरजस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ३२ वर्षीय छोराले ६१ वर्षीय आमालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मंगलबार घरमै जबरजस्तीकरणी गरिरहेको भन्ने थाहा पाएपछि वडाअध्यक्षले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुग्दा आमालाई जबरजस्तीकरणी गरी नुवान नामक विषादी सेवन गरेको अवस्थामा ती युवक फेला परेको जिल्ला प्रहरी कार्यालय वैतडीले जनाए ।
आमालाई बलात्कार गरी विषादी सेवन गरेका छोरालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको र उनको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्