बैतडी । बैतडीमा बुवाले आफ्नै छोरी र छोराले आफ्नै आमालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ की ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय बुवा पक्राउ परेका छन् ।
मंगलबार जबरजस्ती गर्न खोज्दा भागेकी छोरीलाई गाउँलेले सोधपुछ गर्दा पटकपटक बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए।
उनले बालिकाको शरीरमा पनि निलडाम भएको पाइएको र बेलाबेलामा कराउने र भागेर छिमेकीको शरणमा आउने गरेकाले बुवाले पटकपटक बलात्कार गरेको खुल्न आएको हो।
ती बालिकाकी आमाको यसअघि नै मृत्यु भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए ।
उनले भने, ‘श्रीमतीको मृत्यु भइसकेपछि छोरीलाई मादकपदार्थ सेवन गरी पटकपटक जबरजस्ती गर्ने गरेको रहेछ, मंगलबार पनि जबरजस्ती गर्न खोज्दा छोरी भागेको र सोधपुछ गर्दा बलात्कार गरेको खुल्न आएकाले प्रहरीलाई बुझाएका हौं।’
पक्राउ परेका ती व्यक्तिलाई बुधबार जिल्ला प्रहरी कार्यालयमा ल्याइदै गरेको र घटनाको थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्