काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) को टोलीले सितापाईलाका नातिकाजी सुवेदी र उनकी श्रीमतीको हत्यामा संलग्न आरोपीलाई १५ वर्षपछि पक्राउ गरेको छ ।
सुवेदी दम्पत्तीको हत्यामा हत्यामा संलग्न सर्लाहीका जयकिशन शाह उर्फ जेकेलाई सिआईबीको टोलीले भारतमामा पुगेर पक्राउ गरी नेपाल ल्याएको हो ।
जेके र उनका सहयोगी कञ्चनपुरका प्रकाश रानामगर सुवेदी दम्पत्तीको हत्यापछि फरार थिए। जेके लामो समयदेखि भारतमा लुकेर बसेका थिए ।
नातिकाजीको घर बनाउने काममा संलग्न मजदूर जेके र कञ्चनपुरका प्रकाश रानामगरले साबेल प्रहार गरेर सुवेदी दम्पत्तीको हत्या गरेका थिए।
अभियुक्त प्रकाश भने अझै फरार रहेको सिआईबीले जनाएको छ । सुन र पैसाको लोभमा उनीहरुले सुवेदी दम्पत्तीको हत्या गरेको आशंका गरिएको छ। यस बारेमा सिआईबीले दिउसो थप जानकारी गराउँदै छ।
आफ्नो प्रतिकृया दिनुहोस्