काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली प्रहरी सहायक निरीक्षक (असई) बनेर १९ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-३ घर भई काठमाडौं गाकर्णेश्वर ५ बस्ने २२ वर्षीय कृष्णराम गिरी रहेका छन्।
गिरीले आफू असई भएको र हाल अपराध अनुसन्धान ब्यूरोमा काम गर्दै आएको र विशिष्ट व्यक्तिसँग समेत राम्रो चिनजान भएको भन्दै असईमा लगाइदिने भन्दै १ लाख रुपैयाँ ठगी गरेको पाइएको छ।
उनले आफ्नो फेसबुकमा समेत ‘असई एट नेपाल पुलिस’ भनेर लेखेका थिए। गिरीको कोठा खानतलासी गरेर प्रहरीले अफिसियल डायरी नेपाल पुलिस बौद्ध, कृष्णराम गिरी असई बौद्ध (सिआइडी केटिएम) लेखेको डायरी समेत बरामद गरेको छ।
आफ्नो प्रतिकृया दिनुहोस्