धरान । जिल्ला अदालत सुनसरीका न्यायाधीश शंकर राईका अंगरक्षक प्रहरी हबल्दारले आँफैलाई गोली हानी आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार प्रहरी हबल्दार ओमप्रकास खतिवडाले सोमबार बेलुका आफैंले बोकेको पेस्तोलबाट गोली हानी आत्महत्या गरेका हुन ।
हबल्दार खतिवडाले जिल्ला अदालत परिसरमा नै कन्चटमा चाइनिज पेस्तोलले आफैंलाइै गोली हानेको खुलेको छ ।
थापाका अनुसार प्रहरी ब्यारेकमा बसेका उनी अदालतको छतमा गएर फोनमा कुरा गरिरहेको अवस्थामा आफैंलाई गोली हानेर ढलेका थिए ।
गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा पुयाइएकोमा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । प्रहरीले आत्महत्याको कारणबारे अनुसन्धान थालेको जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्