काठमार्डौ । चीनबाट फैलिएको कोरोनाभाइरस (कोभिड–१९) विश्वमा महामारीको रुप लिएको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या एक करोड ९० हजार २ सय ३५ पुगेको छ । कोरोनाकै कारण ५ लाख एक हजार ४ सय ६९ जनाले ज्यान गुमाएका छन् ।
कोरोनाभाइरसले सबै भन्दा बढी संयुक्त राज्य अमेरिकामा प्रभाव पारेको छ । वर्ल्डमिटरका अनुसार अमेरिकामा संक्रमितको संख्या २५ लाख ९६ हजार ७ सय ७० जना पुगेको छ भने कोरोनाभाइरसकै कारण १ लाख २८ हजार १ सय ५२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै १० लाख ८१ हजार ४ सय ९४ जना उपचार पश्चात निको भएका छन् ।
कोरोना भाइरसको सबैभन्दा प्रभावित देश मध्य ब्राजिल दोस्रो नम्बरमा छ । पछिल्लो तथ्यांक अनुसार ब्राजिलमा १३ लाख १५ हजार ९ सय ४१ जनामा कोरोना संक्रमण भेटिएको छ भने ५७ हजार १ सय ३ जनाको कोरोनाको कारण मृत्यु भएको छ । ७ लाख १५ हजार ९ सय ५ जना भने उपचारपश्चात निको भएका छन् ।
त्यस्तै रसिया, भारत, वेलायत, स्पेन लगायतका देशहरुमा पछिल्लो समय कोरोना भाइरस द्रुत गतिमा फैलिरहेको छ । नेपालमा पनि दैनिक ५ सयको हाराहारीमा नयाँ संक्रमित भेटिएका छन् ।
विश्वभर ५४ लाख ६६ हजार ७ सय ९९ जना संक्रमितहरु निको भई घर फर्केका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्