सुनसरी । धरान उपमहानगरपालिका-२० विष्णुपादुकबाट अवैध लागुऔषध र जंगली जनावरहरुको अंग सहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा जिल्ला धनकुटा सहिदभुमी गाँउपालिका वडा नं १ छिन्ताङ घर भई हाल सुनसरी धरान-११, सिमाना चोक बस्ने २९ वर्षीय नन्दीमान राई, सुनसरी धरान-११, मंगलबारे डेराकोठा गरी बस्ने १९ वर्षीय दिनेश भन्ने सबिन राई र जिल्ला उदयपुर कटारी नगरपालिका वडा नं-२ ताप्ली घर भई हाल सुनसरी धरान-११ मंगलबारे डेराकोठा गरी बस्ने २० वर्षीय सागर राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
विष्णुपादुकाबाट धरान तर्फ जादै गरेको को.२ ह ५४४७ नम्वरको टेम्पोलाई विष्णुपादुका धरान सुनसरीबाट खटिई गएको प्रहरी गस्ती टोलिले संका लागि चेक-जाच गर्ने क्रममा उक्त टेम्पुको सिटमुनी सेतो प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखिएको दुई पोका २४५ ग्राम अवैध लागुऔषध गाँजा, जंगली पंक्षी कालिजको कालो रंगको प्वाख जस्तो देखिने सानो ठूलो गरी जम्मा १८ थान, जंगली जनावर घोरल मृगको सिंग जस्तो देखिने स-साना सिंग ४ थान र कस्तुरी मृगको सिंग जस्तो देखिने छाला सहितको सिंग २ थान सहित उनिहरुलाई पक्राउ गरेको हो ।
उनिहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई आवश्यक कार्वाहिको लागी जिल्ला अदालत सुनसरीबाट दिन ५ म्याद थप गरी थप आवश्क अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
साथै जंगली जनवारको सिंग, पंक्षीको प्वाखको सम्बन्धमा आवश्यक कारवाहीको लागि सेक्टर वन कार्यालय पाँचकन्या धरान सुनसरीमा पत्र एवं कागजात साथ बुझाईएको ।
आफ्नो प्रतिकृया दिनुहोस्