विराटनगर । विराटनगर जोगबनी नाकाबाट भारतीय रु। २ लाखसहित एक जना महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर १५ स्थित रानीबाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर–१७ बस्ने २५ वर्षीया कोरेसा खातुन रहेको प्रहरीको भनाइ छ । उनको साथबाट रु। ५०० दरको भारतीय नोट ४०० थान गरी, जम्मा दुई लाख रुपैयाँ बरामद भएको हो ।
खातुनलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्