काठमाडौं । राजधानिको स्वयम्भूमा साथीको हत्या गर्ने तीनजना पक्राउ परेका छन्। गत राति ११ बजेतिर काठमाडौं महानगरपलिका–१५ स्थित शोभा भगवती नजिकै ओखलढुंगा घर भएका ४५ बर्षीय श्याम परियारको हत्या भएको थियो ।
शुक्रवार बिहान उनको शव फेला पर्यो । हत्यामा संलग्न रहेको आशंकामा तीनजनालाई तत्काल पक्राउ गरिएको महानगरीय प्रहरी वृत स्वयम्भूका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए।
पक्राउ पर्नेमा ओखलढुंगाका ४७ बर्षीय शम्भु विक, पकनाजोलका ५३ बर्षीय कुष्णमान शाक्य र काभ्रे दोलालघाटका ५६ बर्षीय राम लामा तामाङ छन् । रक्सीले मातेको अवस्थामा उनीहरूले साथीको हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ।
बिजेश्वरीमा सँगै रक्सी खाएर मातेपछि पैसा तिर्ने विषयमा विवाद हुँदा साथीको हत्या गरेको तीनजना आरोपीले स्वीकारेका छन् । रक्सीको ‘पैसा तिर्ने’ विवादमा आरोपीहरुले श्यामलाई सिमेन्टको ब्लकले हिर्काएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी भट्टले बताए।
मृतक श्याम परियार र आरोपीहरु स्वयम्भू क्षेत्रमा सँगै मागी हिँड्थे, दैनिक मादक पदार्थ सेवनमा रमाउँथे ।
आफ्नो प्रतिकृया दिनुहोस्