नुवाकोट । चिनको वुहानबाट सुरु भई विश्वभर फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई अत्याईरहदाँ नेपालमा पनि कोरोनाले उच्च बिन्दु पछाइरहेको छ ।
नेपालको अधिकाँस भुभागमा कोरोनाको कहर बढेसँगै नुवाकोटमा समेत मानिसको चाप बढिरहेको छ। सरकारी तथा निजि कार्यलयहरु खुल्न थालेपछि विदुर नगरपालिकामा मानिसको चाप बढेको हो ।
सार्वजनिक यातायत बाहेक अन्ने सवारी साधन जताततै देखिन थालेपछि नुवाकोटमा समेत कोरोना थेग्न नसकीने स्थानियबासी हरुले अनुमान गरेका छन ।
नेपालमा कोरोना संक्रमितको संख्या दुई जना पुग्दा सरकारले १० चैत २०७६ साँझ निर्णय गर्दै ११ चैत बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउन घोषणा गरेर सवारी साधन, हवाई सेवा, अन्तर्राष्ट्रिय सिमाना बन्द र अत्यावश्यक कामबाहेकमा हिँडडुल गर्न प्रतिबन्ध लगाएको थियो ।
लगभग ८० दिन लकडाउन गरेपछि सरकारले पुनः लकडाउन खुकुलो बनाएको छ । सरकारले लकडाउन खुकुलो बनाउँदा कोरोना संक्रमितको ग्राफ भने बढेर जाँदा पुनः लकडाउन हुने सम्भावनाका अड्कल बाजी हुन थालेका छन् । फेरी सरकारले लकडाउन गर्ने हो कि भनेर चौतर्फी चर्चा समेत भइरहेको छ।
आफ्नो प्रतिकृया दिनुहोस्