काठमाडौं । भारतबाट नेपाली नागरिक भित्रिएपछि सुदूरपश्चिममको कोरोना संक्रमितको संख्यामा पनि दिन प्रति दिन बढ्दै गएको छ।
सोही क्रममा एकैदिन ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि डडेल्धुराको गन्यापधुरा गाउँपालिका सिल गरिएको छ । बिहीबार मात्रै गाउँपालिकाका ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
असार १२ गतेसम्म पुरै गाउँपालिका सिल गरेको गाउँपालिका उपाध्यक्ष कमला ठगुन्नाले जानकारी दिइन् । उनका अनुसार स्वास्थ्य सेवाबाहेकका सम्पूर्ण कार्यालय, बैंक र पसलसमेत १२ गतेसम्म सम्पूर्ण रूपमा बन्द हुनेछन्।
आफ्नो प्रतिकृया दिनुहोस्