काठमाडौं । शुक्रबार वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २४ जनाको शव नेपाल ल्याइदैँछ । कतारबाट मात्रै २० जनाको शव नेपाल ल्याउन लागिएको हो ।
बैदेशिक रोजगार बोर्डका अनुसार कतारबाटबाहेक युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको शव नेपाल ल्याउन लागिएको हो ।
कतार एयरवेजमार्फत ४३ जना नेपाली र २० वटा शव नेपाल ल्याइने तयारी भएको बैदेशिक रोजगार बोर्डले जनाएको छ ।बोर्डका अनुसार, ‘उनीहरुलाई कतार सरकार आफैले पठाउन लागेको हो ।’ र ७ वटा शव काठमाडौँमै अन्त्येस्टी गर्ने र बाँकी घरसम्म पुर्याइदिने व्यवस्था छ । सम्बन्धित परिवारलाई समेत जानकारी गराइसकेको वोर्डले जनाएको छ ।
वैदेशिक रोजगार बोर्डका अनुसार यी व्यक्तिको शव आउँदैछ :-
कतारबाट :-
१. महमुद अलमान मुसलमान, कपिलवस्तु
२. मुस्ताक साइक, सर्लाही
३. रुपेशकुमार मण्डल, सिरहा
४. कुम्बा तामाङ, लमजुङ
५. भक्तबहादुर थापामगर, बाँके
६. राजेन्द्रप्रसाद मण्डल, सप्तरी
७. युवराज अधिकारी, मोरङ
८. मीनबहादुर थापा, भोजपुर
९. नरबहादुर कामी, सुर्खेत
१०. मंगलबहादुर तामाङ, भोजपुर
११. सुकराम थारु, बर्दिया
१२. अरुणकुमार पंजियार, सर्लाही
१३. शिवशंकर राउत, महोत्तरी
१४. चुतर्वा मण्डल, धनुषा
१५. जितेन्द्र थापामगर, मकवानपुर
१६. यामबहादुर थापा, रुपन्देही
१७. कासिदेव यादब, सिराहा
१८. सधोवाका पासवान, सर्लाही
१९. अनिल चौधरी, महोत्तरी
२०. मनोज पासवान, सर्लाही
साउदीबाट:-
१.भैरब बहादुर बस्नेत
कुवेतबाट:-
१. सोनि तामाङ, नुवाकोट
२.मानव आले, सङ्खुवासभा
युएईबाट:-
१. पेम्बा नुर्बु शेर्पा, सोलु
आफ्नो प्रतिकृया दिनुहोस्