काठमाडौँ । नेपालमा कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।
डोल्पामा एक जना र अर्को एक जनाको कैलालीमा ज्यान गुमेको हो ।
जेठ २१ गते राति २ बजे जगदुल्ला डोल्पामा ज्यान गुमेका ५१ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। उनी दमको रोगी थिए। उनको पनि अन्य मृतकको जस्तै मृत्यपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, सेती प्रादेशिक अस्पतालमा उपचारका लागि आएकी ५५ वर्षीया मिर्गौला रोगीको जेठ २३ गते दिउँसो कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमेको छ।
योसँगै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ।
आफ्नो प्रतिकृया दिनुहोस्