काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। २१ फागुनमा सम्पन्न निर्वाचनपछि बुधबार सिंहदरबारस्थित संसद भवनमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ खुवाएका हुन्।
यसअघि ज्येष्ठ सदस्य केसीले मंगलबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका थिए। सोही आधारमा उनले प्रतिनिधिसभाका अन्य सांसदलाई शपथ गराएका हुन्।
नयाँ प्रतिनिधिसभामा १८२ सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बनेको छ। नेपाली कांग्रेस ३८ सिटसहित दोस्रो, नेकपा एमाले २५ सिटसहित तेस्रो र नेपाली कम्युनिस्ट पार्टी १७ सिटसहित चौथो दल बनेका छन्।
त्यस्तै श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौं र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ सिटसहित छैटौं स्थानमा रहेका छन्। यसपटक प्रतिनिधिसभामा कुल ६ वटा राष्ट्रिय दलको उपस्थिति रहेको छ।
सांसदहरूले आफ्ना जातीय पोशाक, मातृभाषा र विविध सांस्कृतिक भेषभूषासहित शपथ लिएका थिए।
























आफ्नो प्रतिकृया दिनुहोस्