काठमाडौं । निर्वाचनको मुखमै आएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)मा पहिरो गएको छ । निर्वाचनको १५ दिन अगाडि रास्वपाकी एउटा प्रदेशकी संस्थापक सभापतिले नै साधारण सदस्यता समेत नरहने गरी पार्टी छाडेकी हुन् ।
रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेपछि मधेशमा रास्वपा संकटमा परेको छ ।
हाल पार्टीको केन्द्रीय महिला वतथा समाजिक विकास विभागकी सदस्यसमेत रहेको उनले पार्टीमा इमानदार व्यक्तिहरुको मूल्यांकन नभएको र आर्थिक अनियमितता भएको आरोप लगाउँदै पार्टीमा बस्न नसकेको बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मुल्यहरु माथि आँच आउने परिस्थिति बनेको छ । यी सबै क्रियाकलापहरुको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु । त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यस पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजिनामा पेश गर्दछु ।’



























आफ्नो प्रतिकृया दिनुहोस्