डोल्पा । हिमाली जिल्ला डोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन् ।
त्रिपुरासुन्दरी नगरपालिका—१ त्रिपुराकोट बजारबाट वडा ३ को जिँउ गाउँतर्फ जाँदै गरेको ग १ ज ८०९९ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो।
मृत्यु हुनेमा वडा ३ का करिब ५५ का धनचन्द्र धराला छन्। दुर्घटनामा सोही ठाउँकी ३१ वर्षीया रमा बोहोरा र ३१ वर्षकै सुकलाल गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते दुबै जनाकै अवस्था गम्भीर रहेको र उपचारका लागि जिल्ला अस्पताल डोल्पा लगिएको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ ।
जिप चालक यलिसकुमार बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला पठाउने तयारी गरेको छ ।




























आफ्नो प्रतिकृया दिनुहोस्