काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले आज दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ ।
मुम्बईस्थित वानखेडे मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
इटालीले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
नेपालले शेर मल्लको स्थानमा ललित राजवंशीलाई उतारेको छ ।
नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, लोकेश बम, करण केसी, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने


























आफ्नो प्रतिकृया दिनुहोस्