काठमाडौं । उच्चस्तरीय जाँचबुझ आयोगले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा गरेको छ ।
जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीलाई उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद लगाएको थियो ।
आयोगका प्रवक्ता तथा पूर्वएआईजी विज्ञानराज शर्माले आज सोमबार बसेको आयोगको बैठकले ओलीको स्थान हद फुकुवा भएको जानकारी दिए ।
ओलीमाथि गत असोज १२ गतेको आयोगको बैठकले स्थान हद लगाउने निर्णय गरेको थियो ।
आइतबार ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा साढे २ घण्टा बयान दिएका थिए । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन सरकारमा रहेका केही मन्त्री, सुरक्षा निकायका प्रमुख, जिल्ला प्रशासन कार्यालयका प्रमुखसहितसँग बयान लिइसकेको छ ।




























आफ्नो प्रतिकृया दिनुहोस्