काठमाडौं । राजधानीकाे गैरीगाउँमा भीषण आगलागी भएकाे छ । गैरीगाउँस्थित काठ कारखाना छेउमा रहेको टहरोमा आगलागी लागेको हो ।
काठमाडौँ महानगरपालिकाका नगर प्रहरीका अनुसार आगलागी भएको मुस्लो देखिएपछि अहिले महानगरको दमकल पठाइएको छ ।
महानगरको विपद् व्यवस्थापन विभाग प्रमुख समेत रहेका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले भने, ‘के भएको यकिन जानकारी छैन, एउटा कारखानामा आगलागी भएको जानकारी आएको छ । दमकल पठाइसकिएकाे छ ।’
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार अहिले उक्त ठाउँमा दमकल पुगिसकेको छ ।



























आफ्नो प्रतिकृया दिनुहोस्