काठमाडौं । बारामा एकै परिवारका आमा–छोरा हत्यामा बुहारी र अर्का एक युवक पक्राउ परेका छन् ।
बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको थियो । बुधबार बिहानीपखका राति धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरले बताए । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
आक्रमणबाट ५० वर्षीय श्रीमान् जगरुप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी मण्डल घाइते भएका छन् । उनीहरूको एलएसआर न्यूरो अस्पताल परवानीपुरमा उपचार भइरहेको छ ।
घटनामा संलग्न भएको आरोपमा उनीहरूकै बुहारी र अर्का एक युवकलाई पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । ती युवकसँग बुहारीको प्रेम सम्बन्ध रहेको पनि जनाइएको छ । उनीहरुको सम्बन्धबारे परिवारले थाहा पाएपछि बुहारीकै योजनामा घटना घटेको अनुमान गरिएको छ ।


























आफ्नो प्रतिकृया दिनुहोस्