काठमाडौं । नेपाल प्रहरीका १६ जना डीएसपीलाई प्रहरी उपरीक्षक ९एसपी०मा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुने सूचीको पहिलो नम्बरमा डीएसपी पुष्पराज मल्ल छन् । डिएसपीहरू धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दिलिप कुमार गिरी, कुमार विक्रम थापा, बुद्ध श्रेष्ठ, मान बहादुर राई, मोहन बहादुर खाण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, रामकुमार दानी र छेदीलाल कामती लाई बढुवा सिफारिस गरिएको छ ।
त्यस्तै हरि बहादुर ओली, प्रदीप कुमार सिंह र दिपक भारतीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।





























आफ्नो प्रतिकृया दिनुहोस्