काठमाडौं । नेपाली कांग्रेसमा देखिएको पछिल्लो विवादबीच विशेष महाधिवेशन आह्वान गरिएको छ ।
विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने आह्वान गरेको हो ।
बाध्यकारी अवस्थामा आफूहरूले विशेष महाधिवेशन आह्वान गरिएको विशेष महाधिवेशन पक्षधरले जनाएको छ ।
विशेष पक्षधरले महाधिवेशनका लागि यसअघि नै भृकुटीमण्डप ‘बुकिङ’ गरिसकेको छ ।
सचिवालयले विशेष महाधिवेशनका लागि विभिन्न उपसमितिहरू पनि गठन गरिएको पत्रकार सम्मेलमार्फत जानकारी गराइएको छ ।
महामन्त्रीद्वय थापा र शर्मा पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले अब विशेष महाधिवेशनको विकल्प नभएको जनाएको छ । तर सभापति शेरबहादुर देउवा पक्षले भने फागुन २१ को प्रतिनिधि सभा निर्वाचन अगाडि विशेष महाधिवेशन गर्न नसकिने जनाएको छ ।
























आफ्नो प्रतिकृया दिनुहोस्