काठमाडाैं । राष्ट्रिय सभा निर्वाचनमा आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।
राष्ट्रियसभाका लागि प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएका छन् । कांग्रेसले ९ जनाको टुंगो लगाएको छ भने नेकपा एमालेले ७ जनाको टुंगो लगाएको छ ।
कांग्रेसबाट सुनिल थापा, धमेन्द्र पासवान र सञ्जत कर्ण, गीता देवकोटा, जगत तिमल्सिना, बासुदेव जंगली र चन्द्रबहादुर केसी, ललितबहादुर शाही र खम्मबहादुर खाती उम्मेदवार बन्दैछन् ।
त्यस्तै नेकपा एमालेबाट रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिना रखाल, सोम पोर्तेल र लीला भण्डारीलाई उम्मेदवार बनाउने भएको छ ।

























आफ्नो प्रतिकृया दिनुहोस्