काठमाडौं । भक्तपुर र नवलपरासी पूर्वमा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई नगदसहित बिहीबार पक्राउ गरेको हो । भक्तपुरको भक्तपुर नगरपालिका–७ गोलमडीबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६२ वर्षीय राधेश्याम सैजुसहित १२ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १४ हजार ९ सय ५० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
त्यस्तै, नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका–३ बर्मस्थान बस्ने ५२ वर्षीय नन्दराज गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा नन्दराज र सोही नगरपालिका–२ बस्ने ४२ वर्षीय तेजबहादुर चौधरीलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४७ हजार ८ सय ८५ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।


























आफ्नो प्रतिकृया दिनुहोस्