काठमाडौं । रोल्पामा श्रीमतीको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुन्टीगढी गाउँपालिका–५, जस्पुरका ४८ वर्षीय अमराज दमाईं छन् ।
श्रीमती ५२ वर्षीया रीमा परियारको हत्या गरेको उनीमाथि आरोप छ । शनिबार (पुस ५) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
अमराजले कुटपिट गर्दा रीमा गम्भीर घाइते भएकी थिइन् ।
प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।





























आफ्नो प्रतिकृया दिनुहोस्