काठमाडौं । सहकारी ठगी काण्डमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्थात् आज रिहा हुँदै छन्।
ललितपुरस्थित नख्खु कारागारमा रहेका लामिछाने जिल्ला अदालत रुपन्देहीबाट कागजात लिएपछि मात्रै छुट्ने भएका छन् ।
रवि छुट्न लागेको भन्दै बिहीबार नख्खु कारागार परिसरमा ठूलो संख्याको भीड लागेको थियो।
पूर्जी लिन आज रवि भैरहवा पुगेपछि औपचारिक रुपमा रिहा हुनेछन् । उनलाई दुई करोड ६८ लाख रुपैयाँ धरौटी राखेर थुनामुक्त गर्न उच्च अदालतले आदेश दिएको हो ।
उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले बुझाइएको धरौटी रकम स्वीकार्दै लामिछानेलाई रिहाइ गर्न आदेश दिएकाले अब भैरहवा पुग्नुपर्ने भएको हो ।
उनी २०८१ को कात्तिक २ गते पार्टी कार्यालय बनस्थलीबाट पक्राउ परेका थिए । त्यसपछि गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा २४ गते नख्खु कारागारबाट ‘भागेका’ लामिछाने पुनः २८ गते कारागारमा हाजिर भएका थिए ।
























आफ्नो प्रतिकृया दिनुहोस्