काठमाडौं । मोरङकी १२ वर्षीया अंशु गौतमको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शुक्रबार ५८ वर्षीय पदमबहादुर अधिकारीलाई लेटाङ नगरपालिका–२ को फडानी क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
नविन गौतमकी छोरी अंशु गत असोज २१ गते दिउँसो २ बजे घरबाट हराएकी थिइन्। कात्तिक ७ गते बिहान ११ः३० बजे लेटाङ–२ स्थित बेलबारी चिसाङ सामुदायिक वनभित्र उनको शव फेला परेको थियो।
जंगलको झाडीभित्र शरीरका विभिन्न भाग छुट्टाछुट्टै अवस्थामा, सडेगलेको स्थितिमा भेटिएका थिए। घटनास्थलमा फेला परेका कपडा, हाफ पाइन्ट, चप्पल र घडीको आधारमा परिवारले शवको पहिचान गरेको थियो।
सिआइबी, कोशी प्रदेश प्रहरी कार्यालय र मोरङ जिल्ला प्रहरीको संयुक्त टोलीले सूक्ष्म सूचना संकलन, प्राविधिक विश्लेषण र अनुसन्धानको आधारमा अधिकारीलाई पक्राउ गरेको बताइएको छ।
अधिकारीमाथि ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको सिआइबीका सहप्रवक्ता निरञ्जन दत्त भट्टले जानकारी दिए।





























आफ्नो प्रतिकृया दिनुहोस्