काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआईजी छविलाल जोशी ३ करोड धरौटीमा रिहा भएका छन्।
रास्वपा सभापति रवि लामिछानेसँगै बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका जोशी उक्त धराैटी बुझाएपछि रिहा भएका हुन् ।
गत बिहीवार रवि लामिछानेलाई बिगोबापत जमानत लिएर रिहा गर्न आदेश दिएको थियो। जोशीले निवेदन दिएपछि यो विषयमा पुनर्विचार गर्न सकिने आदेश गरिएको थियो।
निवेदन दिएमा पुनर्विचार गर्न आदेश दिएकाले उनका पक्षबाट शुक्रवार निवेदन दिइएको थियो। रूपन्देही जिल्ला अदालतले सोही आदेशको आधारमा जोशीले तीन करोड बैंक जमानत बुझाएपछि आइतबार रिहा गरिएको जनाएको छ।
जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी पदम अर्यालले उच्चको आदेशानुसार बैंक जमानत बुझाएर रिहा भएको जानकारी दिए।
गतवर्ष माघ २८ गते रूपन्देही जिल्ला अदालतले छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।





























आफ्नो प्रतिकृया दिनुहोस्