काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगले आफूलाई बयानको लागि बोलाएको र आफू बयानका लागि जाने बताएका छन् ।
पार्टी कार्यालयमा जारी कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै लेखकले आफूलाई जाँच बुझ आयोगले बोलाएको र आउने पुस १४ गते सोमबार बयानका लागि जाने बताएका छन् ।
उनले आयोगले भोली नै बयानका लागि बोलाए पनि सोमबार जाने बताएका हुन् ।
लेखक गृहमन्त्री भएका बेला नै भदौ २३ र २४ को जेनजी आन्दोलन भएको थियो । उनले २३ गतेको घटनापछि तत्कालन राजीनामा दिइसकेका थिए । उनले राजीनामा दिइसकेपछि २४ गते घटनाले विध्वंशकारी मोड लिएको थियो ।

























आफ्नो प्रतिकृया दिनुहोस्