चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनका लागि चितवन क्षेत्र नं. ३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।
सो पार्टीको चितवन निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत जगतपुरमा बसेको बैठकले दाहाललाई सर्वसम्मत रूपमा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको हो ।
उनको सिफारिस जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पठाइने सो पार्टीका नेता सन्तोष पनेरुले जानकारी दिए ।
भरतपुर महानगरपालिकाको एक बर्षे कार्यकाल बाँकी छँदै महानगर प्रमुख दाहालले राजीनामा दिएर चुनावमा होमिने तयारी गरेको जनाइएको छ ।
सर्वसम्मत उम्मेदवार सिफारिस बैठकमा दाहाल उपस्थित भएकी थिइन् । उनले विगत लामो समयदेखि भरतपुरका जनताको विश्वास जितेको बताउँदै यसपटक पनि चितवन क्षेत्र नं. ३ का जनताले आफूलाई विश्वास गर्ने बताइन् ।
चितवन निर्वाचन क्षेत्र नं. ३ मा माडी नगरपालिकासहित भरतपुर महानगरपालिकाका १९ वटा वडाहरू पर्दछन् ।



























आफ्नो प्रतिकृया दिनुहोस्