काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रदेशसभामा बहालमा रहेका नेतालाई उम्मेदवार नबनाउने भएको छ । अहिले राष्ट्रियसभा, प्रदेशसभाका साथै स्थानीय तहमा बहाल रहेका नेतालाई आगामी राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नबनाउने भएको हो ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले परिपत्र गर्दै उम्मेदवार सिफारिससम्बन्धी यसअघिको परिपत्रबारे प्रष्ट पारेका हुन् । मुख्यसचिवले गरेको परिपत्रमा मातहतका कार्यसमितिलाई राष्ट्रियसभा र प्रदेश सभामा हाल बहालमा रहेका व्यक्तिलाई उम्मेदवारका लागि सिफरिस नगर्न भनेका हुन् ।
‘राष्ट्रियसभामा हाल बहाल रहनुभएका माननीय सांसदको नाम उम्मेदवारको रुपमा सिफारिस गर्न पाइने छैन’, मुख्यसचिवको परिपत्रमा भनिएको छ, ‘प्रदेशसभामा हाल बहाल रहनु भएका प्रदेशसभा सदस्यको नाम उम्मेदवारको रुपमा सिफारिस गर्न पाइने छैन ।’
त्यस्तै स्थानीय तहमा बहाल रहेका जनप्रतिनिधिहरूको नाम पनि सिफारिस गर्न नपाइने परिपत्रमा उल्लेख छ ।





























आफ्नो प्रतिकृया दिनुहोस्