काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ ।
केन्द्रीय निर्वाचन आयोग कार्यालयका अनुसार कुल मतदाता २२ सय ६३ मतमध्ये २२ सय २७ मत खसेको हो ।
३६ मत भने खसेन । ३६ जना विभिन्न कारण उपस्थित हुन नसकेको बताइएको छ ।
मतदान बुधबार बिहान ९ः३० बजेदेखि मतदान सुरु भएको थियो ।
एमालेमा ३०१ केन्द्रीय सदस्यीय समितिका लागि करिब ६४२ जनाको उम्मेदवारी परेको छ ।
आयोगका अनुसार अहिले बिहान ११ बजे मतपरिणाम घोषणा गरिनेछ । आयोगले ११ बजे अघिनै मतगणना सम्पन्न गरेर सपथ तथा प्रमाणपत्र वितरणको कार्यक्रम राखेको छ ।

























आफ्नो प्रतिकृया दिनुहोस्