काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् ।
उनले १ हजार ६६३ मत प्राप्त गर्दा ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरेका छन् ।
त्यस्तै महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।
बिहीबार सम्पन्न निर्वाच्नको अन्तिम मतपरिणामअनुसार महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै उनी उनी विजयी भएको जनाइएको छ ।
पोखरेलले १ हजार २२८ मत प्राप्त गरेका छन् ।
मत परिणामको आधिकारिक घोषणा भने हुन बाँकी रहेको जनाइएको छ ।


























आफ्नो प्रतिकृया दिनुहोस्