काठमाडौं । काठमाडौं उपत्यकामा चिसो थप बढेको छ ।
मौसमविद्का अनुसार आज (मंगलबार) बिहान उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस छ।
यो बिहान साढे ५ बजेको मापन हो । तर आजको आधिकारिक न्यूनतम तापक्रम अहिले ८ः४५ बजे फेरि मापन गरिन्छ।
त्यतिबेलासम्म न्यूनतम तापक्रम अरू घट्न सक्छ अथवा कहिलेकाहीँ अहिलेकै कायम रहन पनि सक्छ।
राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम केही बढ्छ भने राति आकाश सफा रह्यो भने न्यूनतम तापक्रम घट्ने मौसम्विद् बताउँछन् ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।
सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।
मौसमविद्का अनुसार न्यूनतम बिहान ८ः४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५ः४५ बजे मापन गरिन्छ।




























आफ्नो प्रतिकृया दिनुहोस्