काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौं बृहत् प्रदर्शन गर्ने भएको छ ।
राजा, जेनजी र राजनीतिक दलहरूबी त्रिपक्षीय सम्झौता हुनुपर्ने मागसहित राप्रपाले आज काठमाडौंको रत्नपार्कमा प्रदर्शन गर्न लागेको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मध्यान्ह १२ बजे प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् ।
यस्तै अन्तर जिल्ला तथा विदेशमा बस्ने नेपालीको मतदान गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने राप्रपाको माग छ। यसैगरी जेन्जी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको माग पूरा गराउन प्रदर्शन गर्न लागिएको लिङ्देनको भनाइ छ ।
राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले जेन्जी युवाहरूले सडकमा युद्ध जिते पनि सम्झौतामा हारेको बताएका छन् ।
नेपालमा प्रदेश संरचना खारेज गर्न, हिन्दु, बुद्ध, किरातसहितको हिन्दु अधिराज्य बनाउन, संवैधानिक राजसंस्था कायम गर्न र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने मागसहित राप्रपा प्रदर्शन गर्न लागेको हो ।




























आफ्नो प्रतिकृया दिनुहोस्