काठमाडौं । नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै ४ महिने छोराको हत्या गरेको हृदयविदारक घटना सार्वजनिक भएको छ।
सिनामंगलस्थित भाडाको कोठामा बस्दै आएका कार्कीले आइतबार दिउँसो सुतेकै अवस्थामा रहेको बालकको घाँटी रेटेर ज्यान लिएका हुन्।
जन्मेदेखि नै ब्रेन ट्युमरको समस्याबाट पीडित बालकलाई कार्कीले एक्लै कोठामा रहेका बेला हत्या गरेका प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।
छोराको ज्यान लिएपछि आफ्नै श्रीमती- जो स्वयं पनि प्रहरीमा कार्यरत छन्, उनलाई पनि कुटपिट गरी कार्की फरार भएका थिए।
घटना भएलगत्तै पक्राउका लागि परिचालित टोलीले आइतबार बेलुकी नै कार्कीलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
उनका अनुसार कार्कीलाई भद्रकालीस्थित नियन्त्रण कक्षमा राखी आवश्यक सोधपुछ तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
यो घटना प्रहरी संगठनभित्रै गम्भीर प्रश्न उठाउने प्रकारको भएको भन्दै प्रहरीले थप विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।

























आफ्नो प्रतिकृया दिनुहोस्