काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लगातार चौथो जित हात पारेको छ ।
लुम्बिनी लायन्सले दिएको १४४ रनको लक्ष्य ३ विकेटको क्षतिमा पूरा गरेपछि सुदूरपश्चिमले प्रतियोगितामा अपराजित रहँदै चौथो जित हात पारेको हो ।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले ६९ रनको शानदार पारी खेल्दै टिमलाई जित दिलाएका छन् ।
सुदूरपश्चिमका लागि आरिफ शेखले ३९ रन बनाएका थिए । जोन ब्रोन ९ रनमा आउट हुँदा क्रिस ल्यानले सुदूरपश्चिमका लागि १६ रन बनाएका थिए । सुदूरपश्चिमका लागि हर्मित सिंहले छक्का प्रहार गर्दै जित दिलाएका थिए ।
लुम्बिनीका लागि रुवेन तुरुम्पेल्मान, अविशेष गौतम र तिलक भण्डारीले १/१ रन बनाएका थिए ।
त्यसअघि लुम्बिनीले टस हारेर पहिले ब्याटिङ गरेको थियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३५ रन बनाएका थिए भने दिलिप नाथले ३१ रन बनाएका थिए । त्यस्तै डिआर्चे सर्ट र सुमित महर्जनले १८/१८ रन बनाउँदा गुल्बैदन नैबले ११ रन बनाएका थिए । लुम्बिनीका अन्य ब्याट्सम्यानले दोहोरो अंकले रन बनाउन सकेनन् ।
सुदूरपश्चिमका लागि अविनाश बोहोरा र हर्मित सिंहले ३/३ विकेट लिएका थिए भने हेमन्त धामीले २ विकेट लिउँदा स्कट कुग्लेगेनले १ विकेट हात पारेका थिए ।
त्यसअघि लुम्बिनीले १९.४ ओभरमा १४३ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।
आजै पोखरा एभेञ्जर्स र जनकपुर बोल्ट्सबीच अर्को खेल हुँदैछ ।





























आफ्नो प्रतिकृया दिनुहोस्