काठमाडौं । नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।
उनीसहितको पार्टी प्रवेश कार्यक्रम आजै रास्वपा केन्द्रीय कार्यालयमा आयोजना गरिँदै छ ।
सरकारले उनलाई नेपाल प्रहरीको आइजीपीको दाबेदार रहेका बेला नबनाएपछि सर्वोच्च अदालत गएका पोखरेलले सर्वोच्चको आदेश उनको पक्षमा नआएपछि संगठनबाट राजीनामा दिएका थिए ।
त्यसयता मौनप्रायः रहेका पूर्वएआईजी पोखरेल केही समय दिएको अभिव्यक्तिका कारण विवादित बनेका थिए ।




























आफ्नो प्रतिकृया दिनुहोस्