काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका दुई पाइलटलाई कारबाहीस्वरूप ग्राउन्डेड गरेको छ। क्यानले शुक्रबार निगमलाई लिखित पत्राचार गर्दै उडान सञ्चालनसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा वाइडबडी जहाजका क्याप्टेन विजय लामा र क्याप्टेन सोनी राणालाई उडानमा रोक लगाउन निर्देशन दिएको हो।
प्राधिकरणले दिएको निर्देशनअनुसार उडानमा रहेको अवस्थामा फोटो वा भिडियो खिच्नु उड्डयन सुरक्षा मापदण्डविपरीत भएको जनाउँदै ‘अर्को सूचना नआएसम्म’ का लागि रोस्टर–अफ (उडान तालिकाबाट हटाइएको) गरिएको हो ।
उडान सुरक्षा संवेदनशील विषय भएकाले विमान ककपिटमा विशेषगरी फोटो भिडियोग्राफी जस्ता क्रियाकलापले सुरक्षा जोखिम बढ्ने मानिन्छ। निर्देशनपत्रमा दुबै पाइलटका क्रियाकलाप प्रचलित उड्डयन सुरक्षा नियमहरूसँग बाझिने प्रकारका रहेको स्पष्ट उल्लेख छ।
लामा सामाजिक सञ्जाल तथा युट्युबमा पनि सक्रिय छन्। क्याप्टेन लामा यसअघि पनि कारबाहीमा परेका थिए ।





























आफ्नो प्रतिकृया दिनुहोस्