काठमाडौँ। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले संरक्षित वन्यजन्तु सालकको खबटासहित काठमाडौंको बालाजुबाट २ जनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका घर भएका कान्छालाल मोक्तान र धनबहादुर योञ्जन रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनीहरुको साथबाट १ किलो ५ सय ग्राम सालकको खबटा बरामद गरेको हो । मकवानपुरबाट खबटा बेच्न उनीहरु काठमाडौं आएका थिए ।
उनीहरुलाई थप अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तीसारमा बुझाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्