७ साउन, विराटनगर । मोरङ जिल्लाको उर्लाबारीमा नेकपा एमाले (ओली समूहले) आयोजना गरेको कार्यक्रम स्थलमा तोडफोड भएको छ ।
उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा बिहीबार नगरस्तरीय विस्तारित बैठकका लागि तयार गरिएको हलमा तोडफोड भएको हो ।
ओली समूहका नगर संयोजक उमाकान्त गौतमका अनुसार बैठक अघिनै कार्यक्रम स्थलमा भएको कुर्सी तोडफोड भएको थियो । उनका अनुसार कसले तोडफोड गर्याे भन्ने टुङ्गो छैन । बिहीबार १२ बजे कार्यक्रम सुरु गर्ने तयारी थियो । तर अज्ञात समूहले ११ बजे कार्यक्रमस्थल तोडफोड गरेको उनले बताएका छन् ।
ओली समूहले माधवकुमार नेपाल पक्षले तोडफोड गरेको हुनसक्ने आशंका गरेता पनि माधव समूहका नगर अध्यक्ष गंगा बास्तोलाले ओली समूह भित्रकै असन्तुष्ट समूहले तोडफोड गरेको बताएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्