२५ बैशाख, २०७८ काठमाण्डौं । सरकारले वीर अस्पतालको नयाँ भवनलाई केन्द्रीय कोरोना अस्पताल बनाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले वीर अस्पतालको नयाँ भवनलाई ५ सय शैयाको ‘कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल’ बनाउने निर्णय गरेको हो ।
उद्योग तथा आपूर्तिमन्त्री लेखराज भट्टले उक्त अस्पतालले देशभरिका कोरोना अस्पतालको नेतृत्व गर्ने जानकारी दिए । उनले बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि देशमा उपलब्ध स्रोत अधिकतम प्रयोग गर्ने निर्णय समेत गरेको जानकारी दिए ।
आफ्नो प्रतिकृया दिनुहोस्