३० वैशाख, काठमाडौं । राष्ट्रपति कार्यालयले प्रधानमन्त्री पदका लागि तोकिएको समयभित्र दाबी गर्न कोही नआएको बताएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले एक विज्ञप्ति जारी गर्दै बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको बिहीबार राति ९ बजेसम्म कसैले पनि दावी पेस नगरेको बताएका छन् ।
गत सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएका प्रधानमन्त्री केपी शर्मा ओली स्वतः पदमुक्त भएका थिए । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि बहुमत जुटाउन तिन दिनको समय दिएकी थिइन् ।
राष्ट्रपति भण्डारीले आह्वान गरेको समयसीमा भित्र कसैको पनि दावी नपरेपछि प्रधानमन्त्रीमा ओली निश्चित भएका हुन् ।
आफ्नो प्रतिकृया दिनुहोस्