काठमाडौं, चैत १ । सिरहाको लहानस्थित मालपोत कार्यालय मा बम विष्फोट भएको ठाउँमा गणतान्त्रिक मुक्ति मोर्चा ‘गोइत’ समूहको पर्चा फेला परेको छ।
बम विस्फोट भएको स्थान नजिकै गोइत समूहको पर्चा फेला पारेको प्रदेश २ प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले बताए ।
सिंहका अनुसार विस्फोटमा ८ जना घाइते भएको र घाईते मध्य गम्भिर भएका एक जनालाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ ।
प्रहरीको उच्च स्रोतका अनुसार ‘गोईत’ भनेर चिनिने जयकृष्ण गोईत हाल भारतको पटनामा छन् । यस समयअघि पनि सिरहाको मालपोतमै बम फेला पारिएको थियो र घटनास्थलको नजिकै तात्कालिन जनक्रान्ति तराई मुक्तिमोर्चा गौईतको पर्चा भेटिएको थियो ।
डिसेम्बर २०२०मा फेला पारिएको कुकर बम भने बिस्फोट हुन पाएको थिएन ।
आफ्नो प्रतिकृया दिनुहोस्