मोरङ । नक्कली मोबिल बनाएर कालोबजारी गर्ने एक व्यापारीलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–११ जनपथ टोलमा शंकरलाल खेम्कालाई बिहीबार पक्राउ गरिएको हो ।
विगत २० वर्षदेखि गोदाम भाडामा लिई नक्कली मोबिलमा सर्वोको स्टिकर टाँसी बिक्री वितरण गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा निज पक्राउ परेका हुन् ।
प्रहरीले छापा मार्दा २०० लिटरसहितको १५ वटा ड्रम, २० मोबिलसहितको तीन ड्रम, १० लिटर मोबिलसहितका दुईवटा बाल्टिन, एक लिटर मोबिलसहितको १४ वटा बट्टा, २०० लिटरको खाली ड्रम २४ वटा बरामद गरेको छ ।
यस्तै, सर्वोको स्टिकर १०० थान, स्टिकर छाप्ने फर्मा २१ वटा, लिटर मापन गर्ने सामग्री पाँच लिटर नाप्ने एक थान, एक लिटर नाप्ने एक, खाली एक लिटरवाला सर्वोको स्टिकर लगाएको १००, स्टिकर लगाएको एक लिटरको खाली बोतल २०० थान बरामद गरिएको छ ।
एशियन पेन्ट्स लेखिएको इनामेल ५०० लिटरको सात बट्टा, एक लिटरवाला दुई थान, सिल्भरको खाली बाल्टिन दुई थान र प्लाष्टिको बाल्टिन थान ३३ बरामद गरेको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्