काठमाण्डौं, फागुन २८ – भारतको नयाँ दिल्लीस्थित जिबी रोडमा कोठी सञ्चालन गरी नेपाली चेलीबेटी बेचबिखन गर्ने एक महिला पक्राउ परेकी छन् ।
मानव वेचबिखन अनुसन्धान व्युरोबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा नुवाकोट दुप्चेश्वर–२ की ६२ वर्षीया चमेली भनिने रुकमाया तामाङलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी तामाङ र उनकी सहयोगीले एक युवतीलाई बन्धक बनाई जबरजस्ती बेश्यावृतिमा लगाएका थिए ।। तामाङविरुद्ध प्रहरीले फागुन २३ गते जिल्ला अदालत काठमाण्डुबाट ७ दिनको म्याद थप गरि थप अनुसन्धान अघि बढाएको छ ।
यस सम्बन्धमा संलग्न रहेका अन्य आरोपीतहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्