काठमाडौं, चैत्र १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता जारी छ।
माओवादीको कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठक सकेर प्रचण्डले एमाले नेता नेपालसँग भेटवार्ता गरेका हुन्।
प्रचण्ड र नेपालबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताउनुअघिको नेकपामा प्रचण्ड र नेपाल सँगै थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको एउटा पक्षको नेतृत्व गर्दा प्रचण्ड र नेपालले अर्को पक्षको नेतृत्व गरिरहेका थिए।
आफ्नो प्रतिकृया दिनुहोस्