काठमाडौं । सत्तारूढ नेकपा एमालेको केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकले महासचिवको नेतृत्वमा सचिवालयको व्यवस्थापन निर्णय गरेको छ।
शनिबार बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो। यसैगरी आगामी वैशाख ९ गते ९अप्रिल २२० मदननगर बल्खुमा रहेको पार्टी कार्यालयको शिलान्यास गर्ने पनि निर्णय गरेको हो।
यसैगरी, स्थायी कमिटी पुनःगठनका लागि अध्यक्ष र महासचिवले प्रस्ताव गर्ने निर्णय गरिएको छ। बाँकी कार्य विभाजन गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, शंकर पोख्रेल र टोप बहादुर रायमाझीलाई १० दिनभित्र प्रस्ताव गर्न भनिएको छ।
प्रदेश कमिटीको कमिटी बनाउँदा प्रदेशका इन्चार्जर सह-इन्चार्ज संयोजक र सह(संयोजकको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्नेछ। जन संगठनको हकमा टोपबहादुर रायमाझीले सम्बन्धित जन संगठनको इन्चार्ज, सह-इन्चार्ज, अध्यक्ष, सह अध्यक्ष, महासचिव पदाधिकारीसँग सल्लाह गरेर सम्मेलन आयोजक समिति बनाउने निर्णय गरिएको छ।
त्यस्तै, प्रवास क्षेत्रको कमिटीको व्यवस्था गर्न बिन्दा पाण्डेले सम्बन्धित इन्चार्जरसहइन्चार्ज, संयोजक र सह-संयोजकसँग सल्लाह व्यवस्थापन गर्न भनिएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्